धनगढी पोष्ट
आइतबार, १७ साउन २०७८ मा प्रकाशित
धनगढी
कैलालीको कर्णाली नदिमा भएको डुंगा दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन ।
मृत्यु हुनेमा मोहन्याल गाउँपालिका–३ की १९ बर्षिया धनसरा सलामिमगर रहेकी छन् । उनका १० दिनका बालक गम्भिर घाइते भएका छन् । डुंगा दुर्घटना हुदा नदीमा खसेका ५ जना मध्य २ जना गम्भीर घाईते अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सुगरखालले जनाएको छ ।
कैलालीको मोहन्याल गाउँपालिका ३ रागाँ मलेखाबाट डुङ्गामा तरेर कर्णाली हुँदै सुर्खेतको चौकुने गाउँपालिका ४ स्थित स्वास्थ्य चौकीमा खोप लगाउन जाने क्रममा सो डुङ्गा दुर्घटना भएको इलाका प्रकरी कार्यालय सुगरखालका इन्चार्ज राजेन्द्र कुमालले बताए ।
उनका अनुसार डुंगामा १० जना सवार रहेकोमा ५ जना भने शकुसल भेटिएका थिए । वेपत्ता ३ जनाको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
वेपत्ता हुनेमा मोहन्याल गाउँपालिका–३ की २० बर्षीया उर्मिला सलामी मगर, उनका १० दिने बालक र सोहि ठाउँकी २० वर्षीया पार्वती थापा रहेका छन् ।