धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कञ्चनपुरमा श्रावण मसान्त सम्म लम्बियो निषेधाज्ञा

कञ्चनपुरमा श्रावण मसान्त सम्म लम्बियो निषेधाज्ञा

धनगढी

कञ्चनपुरमा जारी निषेधाज्ञा साउन मसान्तसम्मका लागि थप गरिएको छ । यस अघिका कडा नियमलाई खुकुलो बनाउँदै प्रशासनले निषेधाज्ञा थपेको हो ।

आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड१९ संकट व्यवस्थापन समितिको बैठकले साउन ३२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिभर सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान, शैक्षिक संस्था, जात्रा, महोत्सव बाहेकका कार्य सञ्चालन गर्न सकिने जनाईएको छ ।