धनगढी पोष्ट
आइतबार, १७ साउन २०७८ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आइतबार गरिएको एन्टिजेन परिक्षणमा १२ जना र पिसिआर परिक्षणमा ६ गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार आइतबार प्रदेशका ७ सय १९ जनाको एन्टिजेन र ४० जनाको पिसिआर परिक्षण गरिएको थियो ।
यो संगै सुदूरपशिचम प्रदेशका कोरोना संक्रमण हुनेको कुल संख्या ४५ हजार १ सय ३३ पुगेको छ । संक्रमित मध्य ४४ हजार ३ सय ४८ जना संक्रमण मुक्त भएका छन् ।
आइतबार थप १० जना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणका कारण हाल सम्म सुदूरपश्चिम प्रदेशमा ५ सय ७६ जनाको मृत्यु भएको छ ।