धनगढी पोष्ट
आइतबार, १७ साउन २०७८ मा प्रकाशित
धनगढी
तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार दार्चुला घटनाको छानबिनका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरिएको हो ।
गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न उनीहरुलाई १० दिनको समय दिइएको छ ।