धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

सुदूरपश्चिममा राजपत्र छप्ने मेसिन जडान हुदै

सुदूरपश्चिममा राजपत्र छप्ने मेसिन जडान हुदै

धनगढी

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नै राजपत्र छाप्ने मेसिन जडान कार्य थालेको छ ।

प्रदेश सरकारले निर्माण गर्ने कानूनलाई अन्तिम रुप दिन राजपत्रमा प्रकाशन गर्नुपर्छ । तर प्रदेशमा राजपत्र छाप्ने मेसिन नहुँदा काठमाण्डौं जानुपर्ने बाध्यता रहेको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले यसैशाता  कानून मन्त्रालयले राजपत्र छपाइ गर्ने मेसिन जडान गरिसक्ने बताइन् । मन्त्रालयले एसै शाता भित्र मेसिन जडान गर्नेगरी काम गरिरहेको छ मन्त्री जोशीले भनिन्–‘प्रदेशमै राजपत्र मेसिन जडान पछि हामीलाई काठमाण्डौं धाउनुपर्ने बाध्यता हट्नेछ, यसले हाम्रो कामलाई पनि सरल बनाउनेछ ।

मन्त्री जोशीले सरकारले निर्माण गर्ने कानून राजपत्रमा प्रकाशित गर्नुपर्ने नियम भएपनि सुदूरपश्चिम प्रदेशमा राजपत्र छपाइ गर्ने मेसिन नहुँदा काठमाण्डौं गएर छाप्नुपर्ने बाध्यता रहेको बताइन् ।