धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

स्वास्थ्य राज्य मन्त्रीद्वारा सरकारी सुविधा नलिने घोषणा

स्वास्थ्य राज्य मन्त्रीद्वारा सरकारी सुविधा नलिने घोषणा

धनगढी

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रिपदमा रहँदा कुनैपनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

आफ्नोएक सय दिनको कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । उनले मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट समेत अलग हुने बताए ।

शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।