धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

सवै किसिमका परिक्षा स्थिगित गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

सवै किसिमका परिक्षा स्थिगित गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

धनगढी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवै किसिमका परिक्षा स्थगित गर्ने शिक्षामन्त्रालयलाई आग्रह गरेको छ ।  ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित विश्वविद्यालयद्वारा तालिका निर्धारण गरेका सबै परीक्षाका कार्यक्रम स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको हो ।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगित गर्न आग्रह गरे ।

राज्यमन्त्री श्रेष्ठले भौतिक उपस्थितीमा हुने परिक्षाको विकल्पलाई अवधारणा गरेर वा विद्यार्थीको आन्तरिक मुल्याङ्कन गरेर परिक्षा फल प्रकाहन गर्न सकिने बताए । उनले सो विषयमा शिक्षा मन्त्रालयलाई अनौपचारिक जानकारी गराउने तयारी भइरहेको समेत बताए ।

कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका पनि सार्वजनिक भइसकेको छ । यसअघि पनि जेठ २६ गते तय भएको कक्षा १२ को परीक्षा दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तरको तेस्रो सेमेस्टरको परिक्षा समेत यही २० गतेबाट हुने भनिएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्न सुझाव दिएपछि परीक्षा स्थगित गर्ने वा नगर्ने भन्ने बिषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ ।