सेतीको परिक्षणमा २८ जनामा कोरोना संक्रमण

सेतीको परिक्षणमा २८ जनामा कोरोना संक्रमण

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २८ जनामा संक्रमण पुष्टि भएको छ ।

मंगलबार अस्पतालको कोरोना ल्याबमा १ सय ९१ जनाको स्वाव परिक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

उनका अनुसार मंगलबार अस्पतालमा उपचाररत २ जना निकोभएर घर गएका छन् । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा हाल २१ जना उपचाररत छन् । जस्मध्य ६ जना आइसियुमा भर्ना भएका छन् ।