धनगढी पोष्ट शनिबार, ०५ बैशाख २०८३   April 18, 2026

सेतीको परिक्षणमा २८ जनामा कोरोना संक्रमण

सेतीको परिक्षणमा २८ जनामा कोरोना संक्रमण

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २८ जनामा संक्रमण पुष्टि भएको छ ।

मंगलबार अस्पतालको कोरोना ल्याबमा १ सय ९१ जनाको स्वाव परिक्षण गरिएकोमा २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

उनका अनुसार मंगलबार अस्पतालमा उपचाररत २ जना निकोभएर घर गएका छन् । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा हाल २१ जना उपचाररत छन् । जस्मध्य ६ जना आइसियुमा भर्ना भएका छन् ।