धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न सांसद ठगुन्नाको माग

दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न सांसद ठगुन्नाको माग

धनगढी

दार्चुलाबाट निर्वाचित संघिय सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न माग गरेको छन् ।

मंगलबार प्रमुख प्रतिपछि दल नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै ठगुन्नाले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठनको माग गरेका हुन् ।

साथै उनले दार्चुला घटनाबारे अविलम्ब भारतसँग औपचारिक विरोध जनाउन र दोषी भारतीय सुरक्षाकर्मी (एसएसबी)लाई मानव हत्या गरेको अभियोगमा कारबाहीको माग गरेका छन् ।

दार्चुला घटनाबारे सरकारले अविलम्ब भारतसँग औपचारिक विरोध जनाओस् उनले भनेका छन्–‘दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही होस् ।’ सरकारले दार्चुला घटनाबारे भारतीय राजदूतलाई बोलाएर सोध्नुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसेको भन्दै एमालेले विरोध जनाएको छ । युद्धमा पनि जीउज्यान जोगाउनु मानवीय धर्म हुन्छ, तर जयसिंह धामीको विनाकार हत्या भयो धामीले भने–‘हत्या भएको छ । सीमामा यसरी नेपाली नागरिकको हत्या हुँदा पनि सरकार भारतीय राजदूतलाई बोलाउनुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसिरहेको छ, ठगुन्नाले भने ।