सुदूरपश्चिमका ४३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका ४३ जनामा कोरोना संक्रमण पुष्टि
file photo

धनगढी

सुदूरपश्चिम प्रदेशका थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले दिएको जानकारी अनुसार मंगलबार गरिएको पिसिआर परिक्षणमा ३६ र एन्टिजेन परिक्षणमा ७ गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार ५ सय ९७ जनाको एन्टिजेन र २ सय २३ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

मंगलबार थपिएका संक्रमित संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण हुनेको कुल संख्या ४५ हजार २ सय ३० पुगेको छ ।  संक्रमण पुष्टि भएका मध्य ४४ हजार ४ सय ३२ जना कोरोना जितेर घर गएका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत २० संक्रमित निकोभएर घर गएका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण हाल सम्म ५ सय ७६ जनाको मृत्यु भएको छ ।

हाल सम्म सुदूरपशिचम प्रदेशमा १ लाख ९८ हजार ७ सय ६८ जनाको पिसिआर विधिबाट र ९० हजार ९ सय ७ जनाको एन्टिजेन विधिबाट गरी २ लाख ८९ हजार ६ सय ७५ जनाको कोरोना परिक्षण गरिएको छ ।

परिक्षण गरिएका मध्य पिसिआरबाट ३६ हजार २ सय ६८ र एन्टिजेन विधिबाट ८ हजार ९ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।