धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

३ दिन सम्म पनि खुलेन जयपृथ्वी राजमार्ग

३ दिन सम्म पनि खुलेन जयपृथ्वी राजमार्ग

धनगढी

पहिरो गएको ४ दिन सम्म पनि पर्खाल लगाउने कार्य पुरा नहुँदा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा ३ दिन देखी ४ पाङ्ग्रे सवारी आवागमन ठप्प बनेको छ ।

बैतडीको पाटन नगरपालिका६ झौलेक स्थित जयपृथ्बी राजमार्गमा सोमबार बिहान ८ बजेतिर सडकको आधा भाग सहित पहिरो गएको थियो ।

सडक नै भाँसिएर पहिरो गएपछि सो ठाउँमा पर्खाल लगाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरो ठुलो हुँदा पर्खाल लगाउन समय लागेको छ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबत्ता प्रहरी निरिक्षक बोधराज ओझाले भने–‘अझै एक दिन यातायात सेवा अबरद्ध हुने देखिन्छ ।

सवारी साधान सुचारु नहुँदा बझाङ जाने मालबहाक सवारी बाटैमा रोकिएका उनले बताए । यात्रुलाई स्थानीय जीप मार्फत गन्तव्य स्थानमा पु¥याउने गरिएपनि मालबाहक सवारी भने बाटैमा अलपत्र परेका छन् प्रहरी निरिक्षक ओझाले भने–‘उपचार गर्न धनगढी आउने विरामीलाई पनि समस्या भएको छ ।

उनले भने सडकको तलतिर ठूलो पहिरो गएको छ । पर्खाल पहिरो जाँदा बझाङ जिल्लाको यातायात सेवा पूर्णरपमा प्रभावित भएको छ, भने बैतडीको पूचौंडी नगरपालिकाको यातायात सेवा समेत प्रभावित बनेको छ ।