धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

प्रदेश सांसद रावलले २ लाख र प्रविधिक खत्री १ लाख कमिशन लिएको भन्दै जिल्ला प्रशासनमा उजुरी

प्रदेश सांसद रावलले २ लाख र प्रविधिक खत्री १ लाख कमिशन लिएको भन्दै जिल्ला प्रशासनमा उजुरी

धनगढी

बिद्यालय भवन  निर्माण र र मर्मतका लागि  आएको बजेटबाट कमिशन रकम लगेको भन्दै प्रदेश सभा सदस्य र सामाजिक बिकास कार्यालय अछामका  कर्मचारी बिरुद्ध  जिल्ला प्रशासन कार्यालय अछाममा उजुरी परेको छ । 

अछामको अछामको तुमाखाँद गाउँपालिका६ स्थित धुर्बतारा आधारभुत विद्यालयको भवन निर्माण र मर्मतका लागि आएको रकबाट सुदुरपश्चिम प्रदेश सभा सदस्य अक्कल राललले दुई लाख र सामाजिक बिकास कार्यालय अछामका प्राविधिक भविष्य खत्रीले एक लाख रुपैया लिएको विद्यालय मर्मत व्यवस्थापन समितिका अध्यक्ष भक्त प्रसाद न्यौपानेले  उजुरी दिएका हुन् ।

विद्यालयमा प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयबाट गत आ.व.मा  बिद्यालय भवन निर्माण वापत बीस लाख  र बिद्यालय मर्मत अनुदान वापतको रकम पाँच लाखको रकम बिनियोजन गराउदा सुदुरपश्चिम प्रदेश सभाका सदस्य श्री अक्कल बहादुर रावललाई दुई लाख र   सामाजिक बिकास कार्यालय अछामका प्राविधिक भविष्य खत्रीलाई दुई लाख दिएको भनेर उजुरीमा भनिएको छ बिद्यालय व्यवस्थापन समितिको बैठकमा नै बिद्यालयका अध्यक्ष र प्राधानाध्यापकले भनेको हुदा यसको वास्तबिक र तथ्य पत्ता लगाई पाउँ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक विकले आफुले सार्वजनिक रुपमा प्रदेशसभा सदस्यले पैसा लगेको नभनेको दावी गरे । उजुरी र कमिशन दिएको बारेमा जिज्ञासा राख्दा अध्यक्ष दिपक विकले कुरा मिलिसक्यो  भन्दै फोन काटे ।

अछामका प्रमुख जिल्ला अधिकारी रुद्र अधिकारीले भवन निर्माण र मर्मतको रकम दुरुपयागबारे परेको उजुरीका आधारमा  बिद्यालयका कागजातहरु झिकाइएको बताए । कागजात पु¥याउन ७ दिनको समय दिइएकोछ ।

 ‘सदरमुकामबाट तुर्माखाँद जान टाढा पर्ने भएका कारण स्थानीय तह मार्फत विद्यालयका कागजात झिकाइएको छ प्रमुख जिल्ला अधिकारी अधिकारीले भने– ‘कागज पत्र आएपछि थप अनुसन्धान गरिनेछ ।

जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीमा बिद्यालयमा लागु दिवाखाजा कार्यक्रमका खाद्यान्न बिद्यार्थीहरुलाई नदिएर बजारमा बिक्री गरेको भन्दै छानबीनको माग गरिएको छ ।

दिवाखाजा कार्यक्रमका दाल, चामल, नुन, तेल लगायतका खाद्य  सामाग्रीहरु सम्वन्धित बिद्यालयलाई  नदिइ टुनीबगर बजारबाट नै आफन्त तथा व्यापारीहरुलाई बिक्री बितरण गरेका उजुरीमा उल्लेख गरिएको छ ।

प्रदेशसभा सदस्य अक्कल रावलले आफुलाई फसाउन विभिन्न षडयन्त्र भइरहेका बताए । उनले विद्यालयमा बजेट गएको बारेमा आफुलाई जानकारी समेत नभएको बताए ।

रातोकिताबमा योजना पार्न मैले पहल गरेको हुनसक्छ उनले भने– ‘तर बजेट परयो कि परेन मलाई जानकारी थिएन, कसैले मलाई फसाउन उक्त योजनामा जोडेका हुन सक्दछन् ।