धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

सेतीको परिक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले दिएको जानकारी अनुसार बुधबार अस्पतालको ल्याबमा गरिएको १ सय ११ जनाको स्वाव परिक्षणमा २८ जनामा संक्रमण पुष्टि भएकोहो ।

उनका अनुसार बुधबार अस्पतालमा उपचाररत थप ३ जना निकोभएर घर गएका छन्, भने ४ जना अस्पतालमा भर्नाभएका छन् । हाल सेती प्रादेशिक अस्पतालको कोभिट वार्डमा २२ जना उपचार गराइरहेका छन् ।