धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

कैलालीमा साउन ३२ सम्म थपियो निषेधाज्ञा

कैलालीमा साउन ३२ सम्म थपियो निषेधाज्ञा

धनगढी

कैलालीमा जारी निषेधाज्ञा साउन ३२ गते सम्म थप गरिएको छ ।

निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन ३२ गतेसम्मलाई निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीद्धाारा जारी विज्ञप्ति अनुसार साउन ११ गते जारी भएको आदेशलाई नै ३२ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ ।

११ गते जारी आदेशअनुसार पूर्व निर्धारित परीक्षा संचालन गर्दा एक कोठामा २५ जनालाई मात्र राख्न पाउने, गोष्ठी, तालिम, सेमिनार, बैठक संचालन गर्दा बढीमा २५ जना राख्न पाइने छ। यस्तै व्यापार व्यवसाय र सार्वजनिक सवारी साधन भने यथावत रुपमा संचालन हुनेछन् ।

कोभिड संक्रमणको जोखिम कायमै रहेको र जिल्लामा संक्रमण रोक्न निशेधाज्ञा थप गरिएको बताईएको छ ।