सुदूरपश्चिम प्रदेशका ४९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका ४९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

सुदूरपश्चिम प्रदेशका थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको पिसिआर परिक्षणमा ३९ र एन्टिजेन परिक्षणमा १० गरी ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार बुधबार १ सय ७२ जनाको पिसिआर विधिबाट र ५ सय १४ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

बुधबार थपिएका संक्रमित संगै सुदूरपश्चिम प्रदेशमा कोरोना सुंक्रमण पुष्टिहुनेको कुल संख्या ४५ हजार ३ सय ७९ पुगेको छ । संक्रमण भएका मध्य ४४ हजार ४ सय ३४ जना निकोभएका छन् ।  निर्देशनालयका अनुसार बुधबार १४ जना संक्रमित निको भएर घर गएका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण हाल सम्म ५ सय ७६ जनाको मृत्यु भएको छ ।