धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

सुदूरपश्चिम प्रदेशका ४९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका ४९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

सुदूरपश्चिम प्रदेशका थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको पिसिआर परिक्षणमा ३९ र एन्टिजेन परिक्षणमा १० गरी ४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार बुधबार १ सय ७२ जनाको पिसिआर विधिबाट र ५ सय १४ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

बुधबार थपिएका संक्रमित संगै सुदूरपश्चिम प्रदेशमा कोरोना सुंक्रमण पुष्टिहुनेको कुल संख्या ४५ हजार ३ सय ७९ पुगेको छ । संक्रमण भएका मध्य ४४ हजार ४ सय ३४ जना निकोभएका छन् ।  निर्देशनालयका अनुसार बुधबार १४ जना संक्रमित निको भएर घर गएका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण हाल सम्म ५ सय ७६ जनाको मृत्यु भएको छ ।