धनगढी पोष्ट
बिहिबार, २१ साउन २०७८ मा प्रकाशित
धनगढी
सडक भासिदा ४ दिन देखी अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग बिहीबार देखी सुचारु भएको छ । भासिएको सडकामा पर्खाल लगाएर यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
खोड्पे देखी बझाङ जाने सडक खण्ड अन्तरगत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडकको आधा भाग भाँसिएर पहिरो खसेको थियो । राजमार्ग खुलेपछि ४ दिन देखी बाटोमा रोकिएका मालबाहक सावारीसाधन र यात्रुबाहक सार्वजनिक यातायातका साधन सुचारु भएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी उपरिक्षक रुपक खड्काले बताए ।