धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

सेतीको परिक्षण्मा २७ जनामा कोरोना संक्रमण

सेतीको परिक्षण्मा २७ जनामा कोरोना संक्रमण

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बिहीबार अस्पतालको प्रयोगशालामा १ सय ५३ जनाको स्वाव परिक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार बिहीबार सम्म अस्पतालमा २५ जना  संक्रमितको उपचार भइरहेको छ । ती मध्य ६ जना आइसियु र २ जना भेण्टिलेलर कक्षमा उपचार गराइरहेका छन् ।