धनगढी पोष्ट
बिहिबार, २१ साउन २०७८ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेका थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहीबार गरिएको पिसिआर परिक्षणमा ३७ र एन्टिजेन परिक्षणमा ६ गरी ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार पिसिआर विधिबाट २ सय १० जनाको र एन्टिजेन विधिबाट ४ सय ८० गरी ६ सय ९० जनाको कोरोना परिक्षण गरिएको थियो । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण हुनेको कुल संख्या ४५ हजार ३ सय २४ जपुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार प्रदेका विभिन्न अस्पतालबाट ५१ जना कोरोना निकोभएर घर गएका छन् । हाल सम्म सुदूरपशिचम प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या ४४ हजार ४ सय ४७ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा हाल सम्म कोरोन संक्रमण भएका ५ सय ७६ जनाको मृत्यु भएको छ । बिहीबार भने कोरोनाका कारण मृत्यु हुने संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।