धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बसमा मानिस मारेको भन्दै आफन्तद्वारा धनगढी बसपार्कमा ढुंगा प्रहार

बसमा मानिस मारेको भन्दै आफन्तद्वारा धनगढी बसपार्कमा ढुंगा प्रहार

धनगढी

धनगढीबाट भारतको मुम्बई जाने बसले आफ्नै प्यासेन्जरलाई मारेको आरोप लागेको छ ।

साउन १५ गते धनगढी बसपार्क देखी मुम्बईका लागि छुटेको न्यू श्री पशुपतिनाथ टुर एण्ड ट्राभल्स प्रालिले सञ्चालन गर्दैआएको भारतीय नम्बरप्लेटको नम्बर नखुलेको बसमा सवार कैलालीको टिकापुर नगरपालिका स्थित दुर्गौलीका ४५ बर्षे पशुपति आचार्यको साउन १७ गते मुम्बई पुग्न केही दुरी बाँकी हुँदा बाटैमा मृत्यु भएको थियो ।

यातायात व्यवस्थापन समितिले मृतक आफैले झ्यालबाट हाम फालेर घाइते भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको दावी गर्दै आएका छन् । तर मृतकका आफन्तले भने बस सञ्चालकले मारेको आरोप लगाउँदै दोसीलाई कारवाहीको माग गरेका छन् ।

मृतकका आफनतले दोषिलाई कारवाही गरिनुपर्ने, क्षेतिपुर्ति दिनुपर्ने माग राखेर न्यू श्री पशुपतिनाथ तायातात प्रालिको बार्ड र काउण्टरमा ढुंगा हानेपछि धनगढी बसपार्कको स्थितती बिग्रीएको छ । आवेगमा आएका आफनत ढुंगा प्राहर गर्नथालेपछि बसपार्कमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले न्यू श्री पशुपतिनाथ यातायात प्रालिका कर्मारी राम विष्ट र अर्का एकजनालाई नियन्त्रणमा लगेको छ ।

कर्मचारी विष्टका अनुसार बसमा ४७ जना यात्रु रहेका थिए । मुम्बई पुग्न केही समय बाँकी रहँदै साउन १८ गते बिहान ४५ बर्षे पशुपति आचार्यले बसको पछाडीको झ्लाय फोडेर हामफालेको उनको दाविछ ।

तर मृतकका दाई लक्ष्मीनारायण आचार्यले भने आफ्ना भाईको हत्या गरिएको आरोप लागाए । बसमा भएका अन्य यात्रुलाई समेत बन्धक बनाएर आफै मृत्यु भएको भन्दै जबरजस्ती मुचुल्कामा सहि गर्न लगाइएको छ उनले भने–‘भाईको शरीरमा धारिलो हतियार प्राहर भएको देखिन्छ, हामीलाई न्याय चाहिन्छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले भने घटनाको छानविन भइरहेको बताएको छ । ‘ट्राभल्सका कर्मचारीलाई नियन्त्रणमा लगेर हामी छानविन गरिहरेका छौं’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता प्रहरी नायव उपरिक्ष प्रतिश बिष्टले भने–‘शव पुगेको छैन, अहिल्यै केही भन्न सकिदैन ।’