धनगढी पोष्ट
शुक्रबार, २२ साउन २०७८ मा प्रकाशित
धनगढी
बैतडीका ४ वटा स्थानीय तह कोरोना मुक्त बनेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार १० पालिका रहेको जिल्लामा मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेशवर गाउँपालिका कोरोना मुक्त बनेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार हाल ४ वटै स्थानीय तहहरुमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका भएपनि जोखिम भने कायमै रहेको छ ।
कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन स्वासथ्यकर्मीहरुले आग्रह गरेका छन् ।