धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा २४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

सेतीको परिक्षणमा २४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रबार सेती अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमतिको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । 

शुक्रबार अस्पतालमो प्रयोगशालामा गरिएको १ सय २१ जनाको पिसिआर परिक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सूचना अधिकारी श्रेष्ठले बताए ।

उनका अनुसार शुक्रबार थप ६ जना कोरोना संक्रमित उपचारका लागि सेती अस्पताल भर्ना भएका छन् । यो संगै सेतीमा उपचार गराउने संक्रमितको संख्या २९ पुगेको छ ।

भर्ना भएका मध्य ७ जना आईसियु र २ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।