बिरामी भेट्न अस्पताल गएकी युवति ब्राउन सुगर सहित पक्राउ

बिरामी भेट्न अस्पताल गएकी युवति ब्राउन सुगर सहित पक्राउ

धनगढी

बिरामी लाई भेट्न अस्पताल पुगेकी एक युवति र एक जना युवकबाट ब्राउन सुग भेटिएपछि प्रहरीले पक्राउ गरेको छ ।

धनगढी स्थित मायामोट्रो अस्पतालमा उपचार गराईरहेका आफन्त विरामीलाई भेटन् भन्दै अस्पताल आएकी गोदावरी नगरपालिकाकी युवतिले ब्राउनसुगर बोकेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २२ वर्षीय रमेश विसी र २६ वर्षीया चन्दा विसी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । उनीहरुबाट ४ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको उनले बताए ।

विरामीलाई भेट्न गएका उनीहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । पक्राउ गरेका दुवै जनालाई अस्थायी प्रहरी चेक पोष्ट चटकपुरको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।