धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024
दार्चुला तुईन प्रकरण

मृतकको गाउँ पुग्न छानविन टोलीलाई हेलिकोप्टर

मृतकको गाउँ पुग्न छानविन टोलीलाई हेलिकोप्टर

धनगढी

भारतीय प्रहरीले तुईन काटेर युवकलाइृ वेपक्ता बनाएको आरोप लागेपछि छानविनका लागि गठित टोलीले हेलिकोप्टर मार्फत माला घाट पुगेका छन् ।

मृतक युवकको गाउँ रहेको मालाघाट जान शुक्रबार छानविन टोलीले हेलिकोप्टर प्रयोग गरेको हो । बिहीबार हिडेर घटना स्थलमा पुगेको टोली भारतीय क्षेत्रमै रोकिएको थियो ।

तर नेपाल तर्फ पर्ने व्यास गाउँपालिका२ मालाघाटका नागरिकले नेपाल नआएर फर्कन खोजेको भन्दै विरोध गरेपछि आज (शुक्रबा) हेलिकोप्टर प्रयोग गरेर छानविन टोली सो स्थान गएको हो ।

राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका व्यास वासीले नेपालतर्फ आएर छानबिनन गर्नुपर्ने माग गरेका थिए ।

साउन १५ गते एसएसबीले तुइन काटेपछि चुडाइदिंदा व्यास गाउँपालिका२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्थानीय प्रत्यक्षदर्शीले दावी गर्दै आएका छन् ।

घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन न टोली गठन गरेको छ । सो टोली सात दिनपछि घटनास्थल पुगेर तुइन चुडाइएको स्थानको नापजाँच गरेको छ । छानबिन टोलीलाई सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको छ ।