धनगढी पोष्ट
शुक्रबार, २२ साउन २०७८ मा प्रकाशित
धनगढी
पर्यटन प्रबद्धन, वातावरण प्रदुषण न्यूनीकरण र स्वस्थ जीवन यापनका लागि धनगढी चौहार देखी गोदावरी पुल सम्म साईकल र्यालीको आयोजना हुने भएको छ ।
आरडी कालिका सप्लायर्स धनगढी कैलालीको आयोजना तथा फारवेष्ट्रन राइडरको सहकार्यमा सञ्चालन हुने साईकल र्याली शनिबार बिहान ७ बजे देखी सुरु हुने छ ।
फारवेष्टन राइडरका अध्यक्ष भरत शाहका अनुसार गोदावरी पर्यटन क्षेत्रको प्रचार गर्ने, वातावरण संरक्षकालागि साइकल चलाऔं भन्ने सन्देश दिने र स्वस्थ्य जीवनयापनका लागि साइकल र्याली आयोजना गरिएको हो ।
र्यालीमा ओलम्पियन दिपक विष्ट र विश्व साइकल यात्री पुष्कर साहाले समेत ऐकिबद्धता जनाएका छन् ।
र्यालीमा कम्तिमा ५० जनाको सहभागिता रहने अनुमान गरिएको उनले बताए । प्रित ट्रयाक्टरले प्रायोजन गरेको साईकल र्याली धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।
र्यालीमा सहभागि व्यक्तिले गोदावरी स्थित पर्यटकिय स्थल रहेको गोदावरी पुल, सोही स्थानमा रहेका पिक्निक स्थल वरपर सरसफाई गर्ने राइडरका उपाध्यक्ष अनुप चौधरीले बताए ।
साईकल र्यालीले समाजलाई सकारात्मक सन्देश दिने देखिएकाले सकेको आर्थिक सहयोग गरिएको प्रित ट्रयाक्टर धनगढीका मेनेजिङ डाइरेक्ट दिपक ढुंगानाले बताए ।
सामाजिक काम गर्ने आफ्नो पहिले देखीनै चाहाना भएको बताउँदै उनले आगामी दिनमा सक्दो सहयोग गर्ने बताए । उनले साईकल र्याली कार्यक्रमका अवसरमा प्रित ट्रयाक्टर बुकिङका विशेष छुटको व्यवस्था गरिएको बताए ।