धनगढी पोष्ट
शुक्रबार, २२ साउन २०७८ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशका थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार गरिएको पिसिआर परिक्षणमा ४१ र एन्टिजेन परिक्षणमा ३२ गरी ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्देशनालयका अनुसार शुक्रबार १ सय ९७ जनाको पिसिआर विधिबाट र ६ सय ९६ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको थियो । शुक्रबार थपिएका संक्रमित संगै सुदूरपश्चिममा कोरोना संक्रमण हुनेको जम्मा संख्या ४५ हजार ३ सय ९७ पुगेको छ ।
निर्देशनालयका अनुसार शुक्रबार २२ जना कोरोना संक्रमित निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण निको हुनेको संख्या ४४ हजार ४ सय ६७ पुगेको छ । हाल सम्म सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमणका कारण ५ सय ७८ जनाको मृत्यु भएको छ । शुक्रबार प्रदेशका थप २ संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा हाल सम्म २ लाख ९१ हजार ९ सय ३१ जनाको कोरोना परिक्षण गरिएको छ । जस्मा १ लाख ९९ हजार ३ सय ४७ जनाको पिसिआर विधिबाट र ९२ हजार ५ सय ८४ जनाको एन्टिजेन विधिबाट परिक्षण गरिएको निर्देशनालयले जनाएको छ ।