धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

एसईईको नतिजा सार्वजनिक हुँदै, नतिजा हेर्न के गर्ने ?

एसईईको नतिजा सार्वजनिक हुँदै, नतिजा हेर्न के गर्ने ?

धनगढी

कोरोना कहरका कारण आन्तरिक मुल्याङ्कनका आधारमा तयार पारिएको एसइईको नतिजा आज (शनिबार) सार्वजनिक हुने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई राष्ट्रिय परिक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट एसईई परीक्षा २०७७ को नतिजा हेर्न सकिने गरी प्रकाशन गर्ने जनाएको छ ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर नतिजा हेर्न सक्ने तथा नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर पनि बिद्यार्थीले आफ्नो नतिजा थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्र्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि । इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ । विद्यार्थीले www.see.gov.npwww.neb.gov.np,

 www.theconnectplus.com

www.see.edusanjal.com

www.see.ntc.net.np,

 www.ekantipur.com

www.ncell.axiata.com मा गएर पनि इनटरनेटका माध्यामबाट परिक्षाको नतिजा हेर्न सक्नेछन् ।