धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

सुदूरपश्चिमका २० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका २० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

सुदूरपश्चिम प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको पिसिआर परिक्षणमा १९ र एन्टिजेन परिक्षणमा १ गरी २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार शनिबार २ सय जनाको पिसिआर विधिबाट र ५ सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । शनिबार थपिएका संक्रमित संगै सुदूरपश्चिम प्रदेशमा कारोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४५ हजार ४ सय १७ पुगेको छ ।

निर्देशनालयका अनुसार बिहीबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत २७ जना विरामी कोरोना संक्रमण निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिम प्रदेशमा कारोना निको हुनेको संख्या ४ हजार ४ सय ९५ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा हाल सम्म कोरोना संक्रमणका कारण ५ सय ७८ जनाको मृत्यु भएको छ । शनिबार भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको शंख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।