धनगढी पोष्ट आइतबार, ११ साउन २०८२   July 27, 2025

दार्चुलाको तिंकरमा बोर्डर आउट पोष्ट निर्माण

दार्चुलाको तिंकरमा बोर्डर आउट पोष्ट निर्माण

धनगढी

सीमा सुरक्षालाई मध्यजर गर्दै निर्माण थालिएको दार्चुलाको तिंकरमा बोर्डर आउट पोष्ट निर्माण सम्पन्न गरेको छ । अव सो स्थानमा सशस्त्र प्रहरीले पोष्ट स्थापना गर्नेछ ।

नेपाल, भारत र चीनको सीमा क्षेत्र पर्ने तिंकरमा अन्तरदेशिय चोरी पैठारी रोक्न बार्डर आउट पोष्ट निर्माण गरिएको हो ।

धुलिखेल प्याराडाईज एलबी जेभीले ८७ लाख रुपैयाँको ठेक्कामा निर्माण गरेको उक्त बीओपीका प्रिफ्याव दुई भवन, दुई बाथरुम, एउटा किचेन र बाहिर दुई बाथरुम रहेका छन् ।

सडक मार्गसंग नजोडिएको तिंकरमा हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरेर निर्माण कार्य पुरा गरेको निर्माण कम्पनीले बताएको छ ।

६ महिनाभित्र निर्माण कार्य पुरा गर्ने गरी पुसमा सशस्त्र प्रहरी र धुलिखेल प्याराडाईज एलबी जेभीबीच बीओपी निर्माणको सम्झौता भएको थियो ।

सम्झौतामा मान्छेद्वारा निर्माण सामग्री ढुवानीका लागि बजेट राखिएकोमा हेलिकोप्टरबाट ढुवानी गरिँदा ठेक्का सम्झौता गरिएको रकमभन्दा बढी खर्च भएको बताइएको छ ।