धनगढी पोष्ट मङ्गलबार, २७ साउन २०८३   August 11, 2026

एमाले केन्द्रीय कमिटी बैठक एक दिन सर्यो

एमाले केन्द्रीय कमिटी बैठक एक दिन सर्यो

धनगढी

आजका लागि बोलाइएको नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक एक दिनका लागि सरेको छ ।

एमाले केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजका लागि बस्ने भनिएको बैठक भोलि दिउँसो तीन बजे सम्मका लागि सारिएको हो । आन्तरिक तयारी नपुगेका कारण बैठक सारिएको भनिएपनि माधव समुहको आग्रहका कारण बैठक एकदिन पर सारिएको बुझिएको छ ।

भोलि बस्ने केन्द्रिय कमिटी बैठक अघी ११ बजे स्थायी कमिटी बैठक बस्ने जनाइएको छ ।

भदौमा विधान अधिवेशन गर्ने गरी स्थायी कमिटीले तयार पारेको प्रस्ताव अनुमोदन गराउन केन्द्रीय कमिटी बैठक बोलाइएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने बैठक रोकेर सहमति गर्न माग गरेको छ । शुक्रबार सकिएको यो समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ ।


ट्रेन्डिङ