धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

१४ लाख जेष्ठ नागरिकलाई सोमबार देखी कोरोनाको दोश्रो खोप लगाइने

१४ लाख जेष्ठ नागरिकलाई सोमबार देखी कोरोनाको दोश्रो खोप लगाइने

धनगढी

भरत सरकारद्वरा उपलब्ध कोरोना विरुद्धको कोभिसिल्डको पहिलो खोप लगाएका नागरिकलाई भोली देखी दोश्रो डोज खोप दिइने भएको छ ।

जेष्ठ नागरिकलाई दोश्रो खोपकारुपमा जापान सरकारले उपलब्ध गराएको एष्ट्राजेनक खोप दिइने भएको हो । सोमबार देखी सुरु हुने खोप अभियानमा १४ लाख नागरिक प्राथमिकतामा पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अघि जेष्ठ नागरिकले गत फागुनमा कोरोना विरुद्धको पहिलो खोप लगाएका थिए ।

दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेर समूहका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिकाको खोप दिन लागिएको स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेललेबताए ।

कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेकालाई अस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिइने उनले बताए । दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ ।

भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने भएको छ ।

वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ ।