धनगढी पोष्ट
आइतबार, २४ साउन २०७८ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आइतबार गरिएको पिसिआर परिक्षणमा ११ र एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ७ गरी १८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । आइतबार थपिएका संक्रमित संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४५ हजार ३ सय ४५ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार आइतबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ३५ जना कोरोना निकोभएर घर गएका छन् ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कारोना निकोहुनेको संख्या ४४ हजार ५ सय ३० पुगेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण हाल सम्म ५ सय ७८ जनाको मृत्यु भएको छ । आइतबार संक्रमणका कारण मृत्यु हुनेको संख्या भने शुन्य रहेको निर्देशनालयले जनाएको छ ।