जंगली जनावरका कारण खेत बाँझो राख्दै किसान

जंगली जनावरका कारण खेत बाँझो राख्दै किसान

बतडी

लगाएको वाली जंगली जनावरले नष्ट गर्नथालेपछि बैतडीका किसान खेत बाँझै छाड्न बाध्य हुनथालेका छन् ।

जति कोसिस गर्दापनि जंगली जनावरबाट वाली बचाउन नसकिए पछि खेत बाँझै छोड्नुपरेको किसानको दुःखेसो छ ।

बाँदर, बदेल लगायत अन्य जंगली जनावरले वाली नष्ट गर्नेगरेको छन् दोगडा केदार गाउँपालिका बैतडीका किसान केशरसिंह बिष्टले भने–‘जंगली जनावरबाट वाली वचाउन नसकिएपछि खेत बाँझै राखेको हुँ । उनले खेतमै टहरा लगाएर बस्दा समेत वाली जोगाउन नसकिएको गुनासो गरे ।

पछिल्लो समय बैतडीका हरेक क्षेत्रमा जंगली जनावरको आतंक बढेको छ । जंगली जनावर भगाउन विभिन्न उपाय अवलम्बरन गरेका किसानका सवै प्रयास असफल भइसकेका छन् । जसका कारण किसान खेत बाँझै राखेर घाँस पाल्न थालेका छन् ।

जंगली जनावर भगाउन विष्फोटक पदार्थ पट्काउने, थाली पिटाउने, कुकुर लगाउने जस्ता धेरै उपाय अपनाईसक्यौं सुर्नया गाउँपालिका२ का नरेन्द्र बिष्टले–‘तर पनि जंगली जनावरलाई भगाउन सकिएन, अव खेत बाँझोराख्नु भन्दा अर्को कुनै विकल्प छैन ।

वाली जोगाउन गरिएका सवै उपाय असफल भएको दोगडाकेदार गाउँपालिका ३ सिल्लकी हरिना चन्दले बताइन् । घरका सवै सदस्यले रातदीन पालैपालो वालीको हेरचाह गर्ने गरेका छौं उनले भनिन्–‘तर पनि वाली जोगाउन सकिएको छैन, जंगली जनावर कतिवेला आउँछन् पत्तै हुँदैन ।

सुर्नया २ ग्वानीका केही किसानले विगत दुई बर्ष देखी खेत बाँझै छोड्ने गरेको बताए । खासगरी बाँदरले बारीमा लगाएको सबै बालीनाली नष्ट गर्न थालेपछि खेत बाँझै छोड्न थालेको स्थानीय नरेन्द्र बिष्टले बताए ।