धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

महाँकालीमा वेपत्ता धामीको सव खोज्न ड्रोन प्रयोग गरिदैं

महाँकालीमा वेपत्ता धामीको सव खोज्न ड्रोन प्रयोग गरिदैं

धनगढी

१० दिनदेखी महाँकाली नदीमा वेपत्ता दार्चुलाको व्यास गाउँपालिका२ का जयसिंह धामीको शव खोज्न ड्रोन क्यामरा प्रयोग गर्ने तयारी थालिकोे छ ।

१० दिन सम्म नेपाल तथा भारतका सुरक्षाकर्मीले ३५ बर्षिय धामीको शव फेला पार्न नसकेपछि गृह मन्त्रालयद्वारा जारी छानविन समितिले ड्रोन क्यामरा प्रयोगका बारेमा छलफल गरेकोहो ।

धामी वेपत्ता भएको स्थान मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म सुरक्षाकर्मीले निरन्तर खोजी जारी राखेको भएपनि शव फेला नपरेपछि सरकारद्वारा गठित छानविन समितिले एक पटक ड्रोन क्यामरामार्फत  शव खोजी गर्ने जनाएको हो ।

समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोन मार्फत धामीको शव खोजी गरिने बताए । सशस्त्र प्रहरीले बाइनाकुलर लगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा शव खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ४४ का गणपति प्रहरी उपरीक्षक नरेन्द्र बमले बताए ।

ड्रोन क्यामरा लिएर टोली दार्चुला आइपुगेको उनले बताए । छानबिन समिति संयोजक गौतमका अनुसार नदीमा  बेपत्ता धामीको शव खोजी जारी रहेको र शव खोज्न थप सहज होस् भनेर ड्रोन क्यामरा परिचालन गर्ने तयारी गरिएको हो ।

उनले ड्रोन क्यामराले मृततको शव खोजी गरेपछि छानविन टोली दार्चुलाबाट फर्कने बताए । व्यास २ मालघाटदेखि सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने भारतीय पक्षसँग समन्वय भइरहेको समितिका सदस्य एवं निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् ।