धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

सेतीको परिक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

धनगढी

धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आइतबार अस्पतालको प्रयोगशालामा १ सय १७ जनाको स्वाव परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

उनकाअनुसार आइतबार कोरोना संक्रमणका कारण सेती अस्पतालमा १ जनाको मृत्यु भएको छ, भने ३ जना संक्रमण निकोभएर घर गएका छन् । आइतबार सेती अस्पतालमा थप ३ जना भर्ना हुँदा अस्पतालमा उपचार गराउने विरामीको संख्या २२ पुगेको छ । भर्ना भएका विरामी मध्य ४ जना आईसियु र २ जना भेण्टिलेटर कक्षमा रहेका सूचना अधिकारी श्रेष्ठले बताए ।