धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सेती प्रादेशिक अस्पताललाई स्वास्थय सामाग्री हस्तान्तरण

सेती प्रादेशिक अस्पताललाई स्वास्थय सामाग्री हस्तान्तरण

धनगढी

डिफेडको आर्थिक सहयोगमा लुथरन विश्व फेडेरेसन नेपाल र दिगो विकास समाज भजनीको संयुक्त साझेदारीमा सञ्चालित कोभिड१९ इमरजेन्सि रेस्पोन्स फर नेपाल हेल्थ परियोजनाले धनगढी स्थित सेती प्रादेशिक अस्पताललाई स्वास्थ्य सामाग्री हस्तारन्तरण गरेको छ ।

परियोजनाका तर्फबाट लुथरनका पश्चिम प्रादेशिक कार्यालय परियोजना व्यवस्थापक मानधोज खत्री र दिगो विकास समाजका तर्फबाट संस्थाका अध्यक्ष रामबहादुर सुनार तथा कार्यकारी निर्देशक लक्ष्मीदत्त भट्टले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका सामाग्रीको मुल्य ३६ लाख रहेको दिगोबिकास समाजका कार्यकारी निर्देशक लक्ष्मीदत्त भट्टले बताए । अस्पताललाई उपचारमा सहजिकरण गर्न र विरामीको सेवामा सहजता ल्याउन स्वास्थ्यसामाग्री सहयोग गरिएको निर्देशक भट्टले बताए । परियोजनाले अक्सिजन सिलिण्डर, पिपिइसेट, आइसियु वेड, वाई प्याप लगायत १२ प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोहो ।

सामाग्री बुझ्दै सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले अस्पताललाई अति आवश्यक परेका सामाग्री सहयोग पाउँदा उपचारमा सहज हुने बताए । अहिले तेश्रो लहरको कोरोना संक्रमण फैलने भन्दै समाचार आइरहेका छन् मेसु पाण्डेले भने–‘यस्तो अवस्थामा हामीलाई थप सहयोग आवश्यक छ ।