धनगढी पोष्ट आइतबार, ११ साउन २०८२   July 27, 2025

टिकापुरबाट ३५ हजार मूल्य बराबरको बेवारिसे सामाग्री बरामद

टिकापुरबाट ३५ हजार मूल्य बराबरको बेवारिसे सामाग्री बरामद

धनगढी

कैलालीको टिकापुरबाट करिब ३५ हजार मूल्य बराबरको बेवारिसे सामाग्री बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार टीकापुर९ स्थित पुरानो भन्सार इलाकाबाट सो सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए ।

उनका अनुसार अन्दाजी ३४ हजार ६ सय मुल्य बराबरको ७० किलो अनार, माछा मार्न जालमा प्रयोगगरिने सिसा, २० किलो चिनी, एक क्युन्टल नून, १० केजी प्याज, २ पाकेट स्यामल सुर्ती, ४ पोका पवन सुर्ती, २२ प्याकेट दाह्री काट्ने रेजर (सानो), १२ प्याकेट दाह्री काट्ने ठुलो रेजर बरामद गरिएको छ ।

यसैगरी दुई पाकेट बिडी, ५० पिस कमला पसन्द, ५ वटा साईकलको चेन, १० पिस साईकलको बोल्ट, १० पिस साइकलको काबेल, र २ वटा साईकल सामान बरामद भएको प्रहरी प्रबक्ता विष्टले बताए । बरामद सामाग्री शत्ती भन्सार कार्यालय पठाइएको जनाइएको छ ।