धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

बैतडीमा भालुको आक्रमणमा परी एकजना घाइते

बैतडीमा भालुको आक्रमणमा परी एकजना घाइते

धनगढी

बैतडीमाको पञ्चेश्वरमा भालुको आक्रमणमा परी एक जना घाइते भएका छन् ।

घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका ५ रन्तोलीका ६२ बर्षीय उजीतराम कोली रहेका छन् । उनलाई सोमबार बिहान भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घर नजिकैको खेतमा पानी लगाउने क्रममा कोलीलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । भालुको आक्रमणबाट घाइते कोलीको टाउको गम्भीर चोट लागेको छ । घाइते कोलीको अहिले जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसअघि आइतबार मात्रै जंगली बँदेलको आक्रमणमा परी बैतडीको सुर्नया ४ का राम लुहार घाइते भएका थिए । आफ्नो बारीमा कामका लागि जाने बेला लुहारलाई बँदेलले आक्रमण गरेको थियो ।