धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

कर्णालीमा डुङ्गा पल्टिएर वेपत्ता भएकी महिलाको शव भेटियो

कर्णालीमा डुङ्गा पल्टिएर वेपत्ता भएकी महिलाको शव भेटियो

धनगढी

साउन १७ गते कर्णालीमा डुङ्गा पल्टिदा वेपत्ता भएकी मोहन्यालकी महिलाको शव ९ दिन पछि भेटिएकोछ ।

नियमित खोप लगाउन कैलालीको मोहन्याल बाट कर्णाली नदी हुँदै सुर्खेत जानेक्रममा डुङ्गा पल्टिदा मोहन्याल गाउँपालिका३ की २० बर्षिया उर्मिला सलामी मगर वेपत्ता भएकिथिइन् । उनको शव ९ दिन पछि कैलालीको लम्किचुहा नगरपालिका३ स्थित कर्णाली नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार सोमबार बिहान महिलाको शव भेटिएपछि पोष्मार्टमका लागि टिकापुर अस्पताल ल्याइएको थियो । अस्पतालमा उनको पहिचान भएपछि सरोकारवालाको रोहबरमा शव परिवारको जिम्मा लगाइएको प्रबक्ता विष्टले बताए ।