धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

सुदूरपश्चिमका ३७ जनामा कोरोना संक्रमण, ३५ जना निकोभए

सुदूरपश्चिमका ३७ जनामा कोरोना संक्रमण, ३५ जना निकोभए

धनगढी

सुदूरपश्चिम प्रदेशका थप ३७ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सोमबार गरिएको पिसिआर परिक्षणमा २५ र एन्टिजेन परिक्षणमा १२ गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार सुदूरपश्चिममा पिसिआर विधिबाट १ सय ८५ र एन्टिजेन विधिबाट ६ सय ८ जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सोमबार थपिएका संक्रमित संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण हुने नागरिकको कुल संख्या ४५ हजार ४ सय ७२ पुगेको छ ।

यसैगरी सोमबार सुदूरपश्चिममा कोरोना निको भएर ३५ जना घर गएका छन् । यो संगै सुदूरपश्चिम प्रदेशका कोरोना निको हुनेको संख्या ४४ हजार ५ सय ६५ पुगेको छ ।

सुदूरपश्चिम प्रदेशमा सोमबार कोरोना संक्रमण भएका १ जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत १ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा ५ सय ७९ जनाको मृत्यु भएको छ ।