धनगढी पोष्ट
सोमबार, २५ साउन २०७८ मा प्रकाशित
धनगढी
कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट प्रहरीले २५ क्वीन्टल अवैध चिनि बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिका ५ गुलरीयास्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको से १ च २२०० नम्वरको जीपमा सो चिनी भेटिएको हो । चिनी कहाँबाट कसरी ल्याएको भन्ने प्रमाण माग्दा कुनै प्रमाण नदेखाएपछि चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बरामद गरिएको एक लाख २० हजार बराबरको चिनी र जीप सहित चालकलाई आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।