धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

छानबिन समिति सीमावर्ति जिल्लाको अवस्था बुझ्दै

छानबिन समिति सीमावर्ति जिल्लाको अवस्था बुझ्दै

धनगढी

दार्चुला तुईन प्रकरण पछि गठित छानविन समितिले सुदूरपश्चिमका कैलाली बाहेक भारत संग जोडिएका सीमावर्ति क्षेत्रको अवस्थाबारेमा समेत जानकारी लिने भएको छ ।

तुईन तर्नेक्रममा भारतयि सुरक्षाकर्मीले तार काटेर दार्चुलाका जयसिंह धामलिाई पेवत्ता बनाएको आरोप पछि गृह मन्त्रालयले साउन १७ गते छानविन समिति गठन गरेको थियो ।

८ दिन सम्म दार्चुलामै रहेर घटनाको अध्यनगरेको छानविन समिति ९ मंगलबार (आज)देखी भने सीमावर्ति सवै जिल्लाको सुरक्षा अवस्था र भारत र नेपाली सीमाको अवस्था बुझ्ने भन्दै बतडी पुगेको छ ।

यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका हुन् । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।

धामीको शव खोज्न ड्रोन क्यामेरा प्रयोग गरिँदै छ । यसका लागि नेपाल प्रहरीको प्राविधिक टोली जिल्लामै छ । भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगको लागि अनुमति दिने÷नदिनेबारे जवाफ पठाएको छैन । स्वदेशी भूभागबाट ड्रोन  प्रयोग गर्ने तयारी छ । सीमा क्षेत्रमा ड्रोन उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ । ड्रोन क्यामेरा लिएर टोली आइतबार दार्चुला आइपुगेको हो । व्यास गाउँपालिका२ मालघाटबाट सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोनको प्रयोग गरिने जनाइएको छ ।

सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको छ । गत साउन १७ गते गठित छानबिन समितिले बुधबारसम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ। समितिले अझै काम सकेको छैन। छानबिन समिति बैतडी महेन्द्रनगर हुँदै काठमाडौँ फर्किने समितिका सदस्य एवं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिइन् ।

छानबिन समितिले दार्चुलामा पुगेर नेपालभारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो ।