धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

बिहीबारदेखि मनसुन थप सक्रिय बन्ने अनुमान, केही स्थानमा भारी बर्षा

बिहीबारदेखि मनसुन थप सक्रिय बन्ने अनुमान, केही स्थानमा भारी बर्षा

धनगढी

आइतबार देखीनै तराईमा प्रवेस गरेको मनसुन बिहीबार देखी देशभर फैलने र त्यसले देशका सवै भुभागमा बर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ । तराईमा मनसुन प्रवेस गर्दा आइतबार देखीनै तराईका क्षेत्रमा फाटफुट बर्षा भइरहेको थियो । बिहीबार देखी देशभर मनसुन थप सक्रिय हुने र केही स्थानमा भारी बर्षाको सम्भावना हुने अनुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाँशाखा काण्माण्डौंका अनुसार अहिले मनसुनको न्यनून चापिय रेखा तराई नजिक छ ।

जसका कारण आइतबार देखीनै तराईमा फाटफुट बर्षा भइरहेकोछ । बिहीबार देखी मनसुन देशभर सक्रिय हुनेहुँदा देशभरनै बर्षा हुने र केही स्थानमा भारी बर्षा हुन सक्ने अनुमान गरिएको मौसमविद मञ्जुवासीले बताइन् ।

उनका अनुसार बिहीबारदेखि प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार र शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रहसमेत गरेको छ ।