धनगढी पोष्ट
मङ्गलबार, २६ साउन २०७८ मा प्रकाशित
धनगढी । कैलालीको गैरिगंगाबाट हतियार सहित पक्राउ परेका दुई जना मध्य एक जना वडा अध्यक्ष रहेको खुलेको छ ।
सोमबार राती १२ बजेतिर इलाका प्रहरी कार्यालय मसुरियाले गौरिगंगा नगरपालिका–११ शंकरपुरबाट धनगढी उप–महानगरपालिका–२ का ४६ बर्षिय मोहितकुमार शाह र कैलारी गाउँपालिका–९ का ५३ बर्षिय खेमराज चौधरीलाई पक्राउ गरेको थियो । पक्राउ परेका कैलालरी गाउँपालिका–९ का खेमराज चौधरी सोही वडाका वडा अध्यक्ष हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार मोहति कुमार अनुसार शाहले चलाइरहेको बा १७ च १३१२ नम्बरको जीपलाई चेकजाँच गर्ने क्रममा जीपभित्र लुकाई राखिएको अवस्थामा बाह्रबोर १, त्यसको कार्टिज १ र पोइन्ट टु–टु १ थान, त्यसको गोली १० राउण्डसमेत फेला पारी बरामद गरिएको हो ।
जीपमा धनगढी उपमहानगरपालिका–१ का ४६ वर्षीय रुपक मल्ल र कैलारी गाउँपालिका–९ बस्ने वर्ष ३३ का योगेन्द्रबहादुर देउवा पनि यात्रा गरिरहेका थिए । यसअघि पनि वडाध्यक्ष चौधरी वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा मुछिएका थिए । वनसम्बन्धी मुद्दामा उनी महिनौं दिनसम्म फरार थिए । हतियार सहित पक्राउ परेका दुवैजनामाथी थप अनुसन्धान भइरहेको प्रबक्ता विष्टले बताए ।