धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

जेष्ठ नागरिकलाई धनगढीका १६ स्थानबाट भोली देखी दोश्रो खोप लगाइने

जेष्ठ नागरिकलाई धनगढीका १६ स्थानबाट भोली देखी दोश्रो खोप लगाइने

गत फागुनमा कोरोना विरुद्धको पहिलो खोप (कोभिसिल्ड) लगाएका जेष्ठ नागरिकलाई धनगढीमा भोली (२८ गते) देखी दुई दिन दोस्रो खोप लगाइने भएको छ । 

वडा नम्बर१ मा भने साउन २९ गते कबडहलमा खोप लगाइने धनगढी उपमहानगरपालिकाले जनाइएको छ ।

पहिलो खोप भारतबाट उपलब्ध कोभिसिल्ड लगाइएकोमा दोश्रो खोपका रुपमा भने जापान सरकारले उपलब्ध गराइएको एष्ट्राजोनक लगाइने भएको हो ।

धनगढी उपमहानगरपालिकाले नगरका विभिन्न १६ वटा स्थानमा खोप केन्द्र राखेर जेष्ठ नागरिकलाई कोरोना विरद्धको दोश्रो खोप लगाइने जनाएको छ ।

खोपको प्राथमिकतामा पहिलो खोप लगाएर दोश्रो खोप लगाउन छुटेका जेष्ठ नागरिक संगै, अशक्त, वैदेशिक रोजगारीमा जान लागेका युवालाई समेत पारिने जनाइएको छ ।