धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
दार्चुला तुइन प्रकरण

धनगढी पुगेको छानविन टोलीले आन्तरिक मामिला तथा कानून मन्त्री संग छनफल गर्दै

धनगढी पुगेको छानविन टोलीले आन्तरिक मामिला तथा कानून मन्त्री संग छनफल गर्दै

धनगढी । तुईन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले लठ्ठा निकालेर जयसिंह धामीलाई नदीमा खसाइएको आरोप पछि गृह मन्त्रालयद्वारा गतिठ छानविन समिति दार्चुलाबाट धनगढी झरेको छ ।

दार्चुलाको व्यवस गाउँपालिकाद्द का ३५ बर्षिय जयसिंह धामी साउन १५ गते महाँकालीमा तुईन तरेर भारत तर्फ जाँदै गर्दा महाँकनलीमा खसेर वेपत्ता भएका छन् । स्थानीय तथा प्रत्यक्ष दर्शीले जयसिंह धामी तुईन तर्दै गर्दा भारतीय सीमा सुरक्षा प्रहरीले तुईनको लठ्ठा निकालेपछि धामी महाँकालीमा वेपत्ता भएको आरोप लगाउँदै आएका छन् ।

सोही घटनाको छानविन गर्दै गृहमन्त्रालयले साउन १६ गते उच्च स्तरिय छानविन समिति गठन गरेको थियो ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित छानबिन समिति ८ दिन दार्चुलामा बसेर मंगलबार बैतडी हुँदै बुधबार धनगढी पुगेको हो । समितिले अहिले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीसंग छलफल गर्दै छ ।

दार्चुलाबाट मंगलबार फर्किएको टोलीले महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गरेको थियो । सरकारले छानबिन समितिलाई सुरुमा १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिएकोमा फेरी एक साताका लागि म्याद थप गरिउको छ ।