धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024
दार्चुला तुईन प्रकरण

भारतीय एसएसबीले तुइन खुस्काएको जनअधिकारको ठहर

भारतीय एसएसबीले तुइन खुस्काएको जनअधिकारको ठहर

धनगढी दार्चुला तुईन प्रकरणमा गैर सरकारी क्षेत्रबाट भएको अध्यनले तुईनको तार काटिएको ठहर गरेको छ । भारतीय एसएसबिले तुईन काटेका कारण जयसिंह धामी महाँकाली नदीमा खसेर वेपत्ता भएको अध्यनको ठहर छ ।

३५ बर्षिय जयसिंह धामी साउन १५ दार्चुलाको गस्कु स्थित महाँकाली नदीमा तुईन तर्ने क्रममा नदीमा खसेर वेपत्ता भएका थिए । सो घटनामा गैरसरकारी संस्था जनअधिकार अभियान नेपालले अध्यन गर्दा भारतीय एसएसबिले तुइन काटे पछि जयसिंह धामी नदीमा खसेको दावी गरिएको छ । अभियानले घटनास्थलमा पुगेर गरेको अध्ययन तथा प्राप्त तथ्यहरूको आधारमा यस्तो निष्कर्ष निकालेको जनाइएको छ ।

अभियानले बुधबार राजधानीमा पत्रकार सम्मेलनको गर्दै एसएसबिको दादागिरीका कारण जयसिंह धामीले ज्यान गुमाउनु परेको जनअधिकार नेपालका अध्यक्ष एकराज भण्डारीले बताए । भारतीय एसएसबिको दादागिरीका कारण दार्चुलामा घटना घटेको भन्दै उनले भारतीय सुरक्षाफौजको दादागिरी अक्ष्यम्य र मानवता विरोधी अपराध भएको बताए ।

अभियानले जयसिंह धामीको अवस्था तत्काल पत्ता लगाएर परिवारलाई जिम्मा लगाउन तथा कुुटनीतिक पहल गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै घटनापछि स्थानीय जनतामा डर, त्रास उत्पन्न भएको भन्दै त्यस्ता असरलाई व्यवस्थापन गर्नका लागि तत्काल पहल गर्न तथा स्थानीय जनताको सुरक्षा तथा आवतजावतका लागि आवश्यक पुल तथा मोटर बाटोलगायतको पूर्वाधारहरु निर्माण गर्न पनि सरकारसँग माग गरिएको छ ।

अभियानले नेपालको सरकारको तर्फबाट आधिकारिक र औपचारिक प्रतिवेदन तत्काल तयार पार्न समेते आग्रह गरेको छ ।  साउन १५ गते भएको घटनामा अभियानले साउन २० देखि २४ गतेसम्म स्थलगत भ्रमण गरेर सरोकारवालासँग प्रत्यक्ष भेटघाट, छलफल तथा अध्ययनका आधारमा प्रतिवेदन तयार पारिएको अध्यक्ष भण्डारीले बताए ।