धनगढी पोष्ट
बिहिबार, ११ असार २०७७ मा प्रकाशित
धनगढी,
सुदूरपश्चिम प्रदेशको बाजुरामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गरिएको जिल्ला स्वास्थय कार्यालय बाजुराले जनाएको छ ।
कोरोना संक्रमण पुष्टी हुने सवै बुढिगंगा नगरपालिकाका रहेका छन् । बाजुराबाट ३ सय ३८ जनाको स्वाब संकलन गरी जुम्ला लगिएको थियो ।