धनगढी पोष्ट
बुधबार, २७ साउन २०७८ मा प्रकाशित
धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २९ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बुधबार अस्पतालको प्रयोगशालामा १ सय १७ जनाको स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै बुधबार सेती प्रादेशिक अस्पतालमा ८ जना संक्रममित उपचारका लागि भर्ना भएका छन् । यो संगै उपचारका लागि सेती अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ । भर्ना भएका मध्य ४ जनाको आईसियु र २ जनाको भेन्टिलेटर कक्षमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।