धनगढी पोष्ट
बुधबार, २७ साउन २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थय निर्देशनालय राजपुर डोटीका अनुसार बुधबार गरिएको पिसिआर परिक्षणमा ४६ र एन्टिजेन परिक्षणमा ७ गरी ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बुधबार २ सय २ जनाको पिसिआर विधिबाट र ६ सय ३ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो ।
बुधबार थपिएका संक्रमित संगै सुदूरपश्चिममा कोरोना संक्रमित हुने नागरिकको कुल संख्या ४५ हजार ५ सय ८३ पुगेको छ ।
निर्देशनालयका अनुसार बुधबार प्रदेशका विभिन्न अस्पतालमा भर्ना भएका १४ जना संक्रमित निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण निको हुनेको संख्या ४४ हजार ७ सय ७८ पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमण निको हुनेदर झण्डै ९८ प्रतिशत रहेको छ ।
सुदूरपश्चिममा हाल सम्म कोरोना संक्रमणका कारण ५ सय ७९ जनाको मृत्यु भएको छ । निर्देशनालयका अनुसार बुधबार भने सुदूरपश्चिममा कोरोनाका कारण हुने मृत्यु शुन्य रहेको छ ।