धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

धनगढीका अधिकांस क्षेत्र डुवान

धनगढीका अधिकांस क्षेत्र डुवान

धनगढी । बुधबार राती देखी भएको अबिरल बर्षाका कारण धनगढीका अधिकांस क्षेत्र जलमग्न बनेका छन् ।

धनगढीको बजार क्षेत्रमा पर्ने वडा नम्बर, , , , , , ७ र ८ नम्बर वडा बर्षाका कारण जलमग्न बनेका हुन् ।

बर्षाको पानी निकास हुने नाला मिचेर घर निर्माण गरिंदा धनगढी डुवानमा पर्दै आएको छ । अबिरल बर्षा पछि मोहन नदी र खुटिया नदीमा पानीको बहाव उच्च बनेको छ ।

नदीमा पानीको वहाव उच्च हुँदा तटिय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार हाल सम्म डसवानका कारण क्षेति भएको विवरण भने छैन । 

जल तथा मौसम पूर्वानुमान महाँशाखा काठमाण्डौंका अनुसार बुधबार राती देखी तराईबाट मनसुनको न्युन चापिय पर्भाव परेकोहो । जसका कारण कैलाली कञ्चनपुर लगायत तराईका जिल्लामा बर्षा भएकोहो ।

बिहीबार देखी भने मनसुन देशभर सक्रिय हुने र देशभर बर्षा हुने सम्भावना रेहेको मनसुन विद मञ्जु वासीले बताइन् । उनका अनुसार देशका केही स्थानमा बिहीबा र शुक्रबार भारी बर्षा हुन सक्ने अनुमान गरिएको छ ।